जिवन र मृत्युको बिचमा अड्किएको मेरो जिवन
कैले काहीँ मनमा अनेक प्रश्नहरु आउछन्… आखिर यो जीवन के होला ? मान्छे आज जन्मिन्छ भोलि फ्याट्ट मरिन्छ… विचको केही समय छ त्यस समयमा पनि कयौ आफ्ना मुठ्ठीमा न भएका परिस्थितिहरु… । मान्छेको जीवन कति नाजुक छ है ? आज हो कि भोलि ….. बाटोमा हिड्दै गर्दा गाडिले हान्यो भने ठाउको ठाउँ जाइन्छ.. केही गलत खाइयो भने ठाउको ठाउँ गैन्छ… यहाँ सम्मकी कोहि त टोइलेटमा चिप्लिएर मर्छन्.. कोहि थुक सर्किएर मर्छन… आज बोली रखिएको छ.. मृत्युले नै गर्दा भोलि हार्दिक श्रद्धाञ्जली लेख्न सक्छन्…
अनि त्यो ब्यक्ती कहाँ गयो ?
अनि मैले गरेका.. आटेका… कामहरु , सम्बन्ध बनाएका… सबै के हुन्छन् ? एक चोटि मान्छेलाइ ठूलो झड्को लाग्ला… ! ला…….. होर….. त्यो मरेछ ?… भन्लान् अनि केही क्षण मै ला त्यो मरेछ भन्ने भाव हटेर मलामी कति बेला हिन्ने हरे ? भन्लान् .. घरका आफन्त जन एक्छिन् रोलान… तर कतिबेर?
एकैछिनमा शव घाटतिर पुगिजान्छ.. । एकैछिनमा आगोले शरीर भस्म पार्छ.. एक्छिन रोइ कराइ चल्छ.. तर अगि सम्म त्यही भएको शरिर.. बोलिरहेको शरीर एकैछिनमा कहाँ जान्छ कहाँ आगो अलिक राम्रोसँग बलोभने १५ देखि २० मिनेट पनि लाग्दैन जल्न .. अनि सक्यो रुनेहरु चुप हुन्छन्.. मलामी आएका कतिपय त ढिलोभो भनेर दिक्क मान्छन् .. घडी हेर्छन् केही ल्याएको भए खाएर लास पुरै नजली फर्किन्छन् .. घर आए पछि कोरामा बसेका पनि गफ गर्छन् हास्छन् मोबाइल चलाउछन् … केही कारोबार.. केही पैसाको कुरा भए घर आइपुग्दा ती बारे छलफल पो गर्न लाग्छन्.. अनि पैसाको कुरा नमिले झगडा गर्नलाग्छन् … म महत्वपूर्ण हुदिन…
अँ कोहि कोहि बेला 13 दिन सम्म मलाइ सम्झेलान्… जब 13 दिनका कर्मकाण्ड सकिन्छ तब म भूलिन्छु… महिना दिनमा आउने केही कर्मकाण्डमा यसो सम्झिने अनि बर्षदिन पछि त तेहि पनि हराउछ भित्तामा आफन्तका घरमा फोटो हुन सक्छ.. देख्दा अलिली झ्यल्याक् झुलुक याद आउला… मेरो शरीर डढेर सक्की सक्दा सबैलाई संसारको माया ले जकड्छ… अनि सबै आफ्नु आफ्नै ब्यवहार आफ्नो आफ्नै समस्यामा रुमल्ली रहन्छन्..
आखिर म को नै हुँ र ?
जतिनै प्रभावसाली ब्यक्ती किन न हुँ यहाँ कोहि या केही नहुदा संसारको ब्यवहार रोक्किने हैन क्यारे.. ।
कति आए कति गए, खै त चलेकै छ क्यारे । म पनि त तेस्तै हुँ एक दिन म पक्कै विदा हुन्छु.. अनि यो सबै संघर्ष केका लागि रिस, राग, क्रोध, ईर्ष्या, मोह, छल्, कपट, के का लागि ? यो दुखको अनुभव पनि के का लागि ?
यो सुख पनि के का लागि ?
आखिर म मरेर जान्छु चै कहाँ ?
म मरेपछी पनि यहाँ कति हासो खुसी रमाइलो होला ? मेरा आफन्त हरुले केके गर्लान् ? के म त्यस्को भागिदारी बन्न सक्दिन ? के म त्यो देख्न सुन्न सक्दिन ? संसारमा अरु के के हुन्छ होला? म परेपछी ?
एकप्रकारले यो त अपुरो भएन र? आधा उधि कुरा देखियो भोगियो अनि के भयो पत्तै नहुने… आखिर म किन जन्मिए होला ?
किन मेरा सम्बन्ध हरु भएहोलान् ?
किन मलाइ उनिहरुको माया लाग्छ होला ?
किन मैले अनेक फिलिङ्स अनुभव गर्छु होला ?
यदि केही अनुभव नै नगर्नु जे भए नि भैरहोस् जस्तो हुनु भने इ डर इ विचार हरु नै पो आउदैन थियो कि ?
मान्छे धनी हुन चहान्छ, फेमस हुन चाहान्छ तर यस्को मूल्य नै के छ र ? मरेपछी सकिएन त ?
हैट् कति डरलाग्दो सत्यहो यो… म कहाजान्छु ? म को हुँ? म किन यहाँ आए? मेरो उद्देश के हो ?
यदि उद्देश केही हैन भने जन्मिए किन ? अनि म बाचिरहने किन ?
के खानु पिउनु मोज मस्ती गर्नु अनि मर्नु नै जीवन होला त ?
सम्झिदा त न क्रोध गर्नु, न कसैलाइ गाली गर्नु, न कसैको अहित चिताउनु, न अरु सग केही संवन्ध स्थापित गर्नु, न कसैको नराम्रो सोच्नु , नराम्रो राम्रो केही नसोच्नु जस्तो लाग्छ…. आखिर म मात्रै के अरु सबै ब्यक्ती पनि केही समयको पाउना न हुन् ।
यो पनि आखिर जाने नै हो भन्ने सोच्दा दया लागेर आउँछ…
अब यसो सोचौ न …. मलाइ सम्मान को के आवस्यकता ? मलाइ प्रतिष्ठा… इज्जतको के आवश्यकता? मलाइ कसैले राम्रो भनोस नभनोस् के मत्लब ?
अझ सम्झेर ल्याउदा
म इ सबै प्रश्नको उत्तर नजानी मर्छु अनि यहाँ कैलै आउदिन भने मलाइ यहाँ केही कुराको के मत्लब ?
अ यार मलाइ के मत्लब ? यो दुनियाँ जस्ले बनायो उसैलाइ मत्लब होला….. । के थाहा ? बा उस्लाइ पनि केही मत्लब छैन कि ?
Your addition of renunciation to detachment was inspiring