What Is SIP ? सिप भनेको के हो ?
Sip भनेको Systematic Investment Plan हो यो एक प्रकारको Mutual fund हो । Mutual fund २ प्रकारका हुन्छन् – १) ओपन् इन्डेड् र २) क्लोज् इन्डेड् ,, यस्मध्य क्लोज् इन्डेड् मा तपाइले sip गर्न मिल्दैन तर ओपन इन्डेड् मा तपाइले sip गर्न मिल्छ । sip भनेको तपाइले (महिना, ६ महिना या एक बर्ष) एउटा फिक्स समयमा फिक्स अमाउन्ट लगानि गर्न सक्नु हुन्छ जस्तो किः यदि तपाइले यस्मा म महिनाको १ हजार लगानि गर्छु भन्नु भयो भने यस्मा एक महिनामा १ हजार लगानि महिनै पिछे गर्नु पर्छ ।
अब यहि एउटा प्रश्न आउन सक्छ कि के म कुनै महिना २ हजार या त्यो भन्दा बढि लगानि गर्न सक्छु ? हो सक्नु हुन्छ तर तेस्को लागि पुन तपाइले लगानि बढाउनको लागि अप्लाइ गर्नु पर्छ । यस्को एउटा वेसिक र सानो फाइदाको कुरा गरिहाल्दा चाहि यस्मा तपाइले मात्रै महिनाको १००० देखि पनि लगानि गर्न सक्नु हुन्छ ।
Sip कहाबाट कसरि गर्ने ?
यस्को लागि तपाइसग एउटा बैंक एकाउन्ट र एउटा डिमेट् एकाउन्ट हुनु पर्दछ । यदि तपाइ सँग इ एकाउन्ट छैनन् भने तपाइले बैंकमा गएर आफ्नो लागि इ खाताहरु तयार गर्न सक्नु हुन्छ । यदि तपाइसग पहिलै देखि यो एकाउन्टहरु छ भने या तपाइले mero share आदि बाट ipo भर्दै हुनुहुन्छ भने तपाइले घरैमा बसेर यो SIP को लागि आवेदन दिन सक्नु हुन्छ । नेपालमा धेरै बैंकहरुले Open ended mutual fund को सुविधा दिएका छन् । जस्मध्य केहिः
- NIBL Sahabhagita Fund
- Siddhartha Systematic Investment Scheme (SSIS)
- KUMARI SUNAULO LAGANI YOJANA
- SHUBHA LAXMI KOSH
- NABIL FLEXI CAP FUND
आदि आदि अरु पनि धेरै छन् । इ मध्य कुनै पनि वेवसाइट् मा गएर (जुनमा तपाइ लगानि गर्न चाहानु हुन्छ) यस्मा दिएको फम् भरेर घरैमा बसेर रजिस्टर गर्न सक्नु हुन्छ । तपाइसग डिमेट् र बैंक खाता पहिले देखि नै छ भने इ सबै काम घरै बाट गर्न सकिन्छ कुनैचिज लिन दिन बैंक गैरहनु जरुरि छैन ।
SIP ले कसरि फाइदा दिन्छ ?
आज नेपालमा Sip भनेको स्क्याम् हो भनेर सोसियल मिडियामा निकै भिडियो देख्न सकिन्छ । यस्को पछाडि यस्ले कसरि काम गर्छ र यस्ले कसरि फाइदा दिन्छ भन्ने कुराको अज्ञानता हो । यो लेख मार्फत् हामिले आज बुझाउन खोजेको मुल कुरा पनि यहि हो । जस्लाइ हामिले सरल र सजिलो तरिका (हिसाब सहित) उदाहरण दिएर तपाइहरुलाइ बुझाउने छौ । आउनुहोस् यस्लाइ बुझौ ।
तपाइले र अन्य व्यक्तिले लगानि गरेको पैसा फन्ड मेनेजर् ले विभिन्न लगानि योजना मा लगानि गर्दछ र कम्पनिमा आएको सबै (मुलधन), (लगानिबाट आएको फाइदा) र ति कुराको लागि र केहि अन्य कुराको लागि भएको (खर्च) सबैको हिसाब गरेर त्यस्लाइ NAV मा विभाजन गरिन्छ । NAV भनेको – Net Asset Value हो । यस्को हिसाब यसरि हुन्छः-
एउटा सानो हिसाब हेरौ है त A,B,C नाम गरेका ३ जनाले मिलेर एउटा सानो फन्डमा लगानि गरेका छन् A: रु १,००० र B: रु १,००० र C: रु १,००० यसरी कुल लगानी: रु ३,००० जम्मा भयो । र सबै लाइ १-१ युनिट (कित्ता) मिल्यो जसको मुल्य १००० थियो । अब फन्ड ले यहि ३००० बाट केहि % कम्पनिको खर्च, केहि सेयरमा लगानि केहि रियल स्टेट् मा लगानि गरे सम्पत्ति बनायो । मानौ महिनाको अन्त्यमा फन्डको सम्पत्ति (सेयर मूल्य + नगद) को मूल्य बढेर रु ३,६०० भयो। र फन्ड चलाउन रु ३० खर्च भयो (management fees जस्तै) ।
अब फन्ड सग कुल सम्पत्ति ३,६०० थियो यस्मा ३० रुपया खर्च हटाउदा रयो ३,५७०
अब NAV निकाल्न कुल युनिटले भाग दिनुहोस्: ३,५७०÷ ३= १,१९० प्रतियुनिट अब ब्यक्ति A, B, र C सबैको १-१ युनिट भएकोले सबैलाई एघार सय नब्वे भागमा पर्यो । मत्लब इ तीन ब्यक्ति मध्य तपाइ १ हुनु हुन्थ्यो भने तपाइले रु १००० लगानि गर्नु भएको थियो र तपाइको पैसा (कित्ताको भाउ) बढेर एक सय नब्बे रूपया बढ्यो । र तपाइसग अब रूः ११९० रुपयाँ छ ।
यो पैसा तपाइले लगानि गर्न नछोडुन्जेल फन्ड मेनेजर सगै रहन्छ तर कति भयो कति Nav चल्दैछ भन्ने कुरा तपाइको मेरो सेयर एपमा र वेवसाइटमा देखाइरहेको हुन्छ । यसरि तपाइले महिनै पिछे एक फिक्स लागतले लगानि गर्दै रहनु हुन्छ र तपाईको पैसा बढ्दैगैरहन्छ ।
कुनैबेला NAV घट्न र बढ्न सक्छ तपाइले नआत्तिकन यस्मा कम्सेकम् १० -२० बर्ष सम्म लगानि गरिरहनु पर्छ । कसैले यस्को NAV को भाउ घटेको बेलामा मात्रै लगानि गर्ने गर्छन् तर SIP मा यसो गर्दा लामो समयमा घाटा हुने गर्दछ यस्तो ट्रेडिङ् जसरि चलखेल गर्नेको र लगातार लगानि गर्नेको आम्दामि हेर्ने हो भने लगातार आम्दामि गर्नेले नै जित्ने गर्दछन्
सानो उदाहरण लिऔँ, जहाँ ६ महिनाको SIP गर्दै हुनुहुन्छ, मासिक रकम रु १,००० हो, र NAV तलमाथि यति हुन्छ:
महिना | NAV | नियमित SIP युनिट | NAV हेरेर “महँगोमा नबुझाउने” |
---|---|---|---|
१ | १२ | 1,000÷12=83.33 | किन्ने (12<=12) |
२ | ११ | 1,000÷11=90.91 | किन्ने (11<=12) |
३ | १३ | 1,000÷13=76.92 | नकिन्ने (13>12) |
४ | १० | 1,000÷10=100.00 | किन्ने (10<=12) |
५ | १४ | 1,000÷14=71.43 | नकिन्ने (14>12) |
६ | १२ | 1,000÷12=83.33 | किन्ने (12<=12) |
१) नियमित SIP गर्नेको लागि हिसाब:
हरेक महिना रु १,००० बुझाएर ६ महिनामा जम्मा रु ६,००० लगानी हुन्छ।
जम्मा किनिएका युनिटहरू: 83.33 + 90.91 + 76.92 + 100.00 + 71.43 + 83.33 = 505.92 युनिट
२) NAV हेरेर नबुझाउने प्लान (१२ भन्दा माथि भए रोक्ने व्यक्तिको लागि ):
३ र ५ नम्बर महिनामा NAV १२ भन्दा माथि भयो → त्यस महिनाको SIP रोकियो।
त्यसैले ४ महिनामा मात्र रु १,०००-१,००० गरेर रु ४,००० लगानी भयो।
जम्मा किनिएका युनिटहरू:
83.33 + 90.91 + 100.00 + 83.33 = 357.57 युनिट
अन्तिम NAV मानौं १३ भयो भने दुवैको मूल्य:
- नियमित SIPको सम्पत्ति = 505.92 × १३ = रु 6,577
- NAV हेरेर रोक्ने प्लानको सम्पत्ति = 357.57 × १३ = रु 4,648
नाफा तुलना:
- नियमित SIPको कुल लगानी रु ६,००० → सम्पत्ति रु ६,५७७ → नाफा रु ५७७ (+9.6%)
- NAV हेरेर रोक्ने प्लानको लगानी रु ४,००० → सम्पत्ति रु ४,६४८ → नाफा रु ६४८ (+16.2%)
हेर्दा लाग्न सक्छ “ओहो, NAV हेरेर रोक्दा % नाफा धेरै भयो!” — तर याद गर्नुस्:
- तपाईंले नियमित SIP गर्दा धेरै युनिट किन्नुभयो, जसले बजार अझ माथि गएपछि फाइदा exponential बनाउँछ।
- बजार लगातार बढेर अन्तिममा NAV १६ पुगेको भए:
नियमित SIPको सम्पत्ति = 505.92 × १६ = रु ८,०९५ (नाफा रु २,०९५)
रोक्ने प्लानको सम्पत्ति = 357.57 × १६ = रु ५,७२१ (नाफा रु १,७२१) - बजार तलमाथि भए पनि लामो समय निरन्तर लगानी गर्दा नाफा ठूलो हुन्छ — बजारमा कहिले उकालो कहिले ओरालो हुने भएकाले मार्केट टाइमिङ्ग सफल पार्न प्रायः असम्भव हुन्छ।
तेसैले लगातार र नियमित बर्षौ सम्म लगानि गर्नेको भागमा ठुलो नगद हात लाग्ने गर्दछ । नियमित SIP ले discipline कायम राख्छ र बजारको उतारचढावलाई औसतमा मिलाएर दीर्घकालमा ठूलो सम्पत्ति बनाउन मद्दत गर्छ। NAV हेरेर रोक्ने/बुझाउने गर्दा कहिले बजार चुक्न सक्छ, जसले ठूलो नाफाको अवसर गुम्न सक्छ। प्रायः अध्ययनहरूले देखाएका छन्: निरन्तर लगानी गर्नेहरूले बजार टाइमिङ गर्नेहरूभन्दा धेरै राम्रो प्रतिफल पाउँछन्। निरन्तर लगानी गर्दा नै बजारको उतारचढावलाई आफ्नो पक्षमा पारेर दीर्घकालीन कम्पाउन्डिङको फाइदा लिन सकिन्छ। यसैले धेरै विज्ञ र सफल लगानीकर्ताहरू भन्छन्: “Time in the market is more important than timing the market.”
SIP मा डिभिडेन्ड कसरी बाँडिन्छ र के डिभिडेन्ट आएन भने हामि घाटामा हुन्छौ?
कतिपय ब्यक्तिहरू मैले लगानि गर्दै गरेको SIP मा त २-४ बर्ष भैसक्यो dividend यानि लाभांश नै दिदैन भनिरहेको हुन्छन् । तर यस्बारे राम्रोसँग बुझेको ब्यक्तिलाई यस्को पनि चिन्ता हुदैन । आउनुहोस् हामि पनि यस्लाई बुझौः-
- तपाईंहरू ५ जना मिलेर रु १,०००-१,००० गरेर कुल रु ५,००० लगानी गर्नुभयो।
- महिनाको अन्त्यमा सम्पत्ति (stock, नगद आदि बढेर) रु ६,००० पुग्यो।
- खर्च रु ५० भयो, त्यसैले बाँकी सम्पत्ति रु ५,९५० भयो।
- प्रति युनिट NAV = ५,९५० ÷ ५ युनिट = १,१९०
अब मानौ फन्ड मेनेजरहरुले सल्लाह गरे- हामी हरेक महिनाको नाफाबाट केहि नगद सबैलाई बाँड्छौं, बाँकी रकम फन्डमै रहने गरी लगानी बढाउँछौं । अब सुरुमा सुरूमा लगानी रु ५,००० → महिना पछि सम्पत्ति रु ५,९५० → नाफा = ५,९५० – ५,००० = रु ९५० यानि तपाइहरुको फन्डले कुल ५००० लगानिमा फाइदा नौ सय पचास रुपयाँ फाइदा कमायो र यस्को सम्पूर्ण सम्पत्ति पाचहजार नौसय पचास रूपयाको भएको थियो । यस्मा ५००० त मूल धन यानि लगानि गरेको धन हो त्यसैले त्यो चलाइदैन । नाफा भएको नौसय पचास (९५०) रुपयाँ मात्रै बाढिन्छ । अब फन्ड मेनेजर हरुले निर्णय गरे :- नाफाको ५०% (रु ४७५) नगदमा बाँड्ने → यो नै डिभिडेन्ड , बाँकी ५०% (रु ४७५) फन्डमै राख्ने → जसले फन्डको NAV बढाउँछ
अब डिभिडेन्ड वितरण कसरि हुन्छ?
हरेक लगानीकर्ताले आफ्नो युनिटअनुसार नगद डिभिडेन्ड पाउँछन्:
➔ तपाईंको १ युनिट छ भने रु ९५ नगद पाउनुहुन्छ।
➔ कसैसँग २ युनिट भए रु १९० पाउँछन्।
कुल डिभिडेन्ड रकम रु ४७५ लाई ५ युनिटमा बाँड्दा प्रति युनिट डिभिडेन्ड = ४७५ ÷ ५ = रु ९५ हुनेगर्छ ।
यसरी नगद डिभिडेन्ड बाँड्दा फन्डको NAV घट्छ → किनकि बाँडेको पैसा फन्डको सम्पत्तिबाट निस्किन्छ। फन्डले नाफा कमायो → त्यसको केही हिस्सा नगदमा लगानीकर्तालाई बाँड्यो → त्यो नै डिभिडेन्ड । बाँडिएको रकम फन्डबाट निस्किन्छ, त्यसैले बाँकी सम्पत्तिको आधारमा NAV घट्छ। यदि बाँकी नाफा फन्डमै राख्यो डेभीडेन्ड बाढिएन भने भने त्यो रकमले फन्डको NAV बढाउँदै कम्पाउन्डिङ गर्छ। डिभिडेन्ड वितरण भएपछि नगद तपाईंको हातमा आउँछ, तर फन्डको NAV घट्छ। डिभिडेन्ड नबाँडेर फन्डमै राखे भने फन्डको NAV बढ्छ र कम्पाउन्डिङ बलियो हुन्छ। यसर्थ हामिले SIP मा लगानि गरेर कुनै चिन्ता लिने विषय भने हुदैन तर केहि कुराहरु भने अवश्य ध्यान दिनु पर्दछ
SIP मा लगानि गर्नुपूर्व ध्यान दिनुपर्ने कुराहरू
SIP सुरु गर्दा कुन कम्पनी (म्युचुअल फन्ड हाउस वा AMC) रोज्ने भन्ने निर्णय नै दीर्घकालीन सफलताको आधार हुन्छ। यहाँ म तपाईंलाईहरुको लागि विचार गर्नुपर्ने मुख्य कुरा बुँदागत रूपमा लेख्दैछु:
१) कम्पनीको प्रतिष्ठा र ट्र्याक रेकर्ड
- कम्पनी कति पुरानो र स्थापित छ?
- फन्ड हाउसको अघिल्लो फन्डहरूको प्रदर्शन दीर्घकालमा कस्तो छ?
- फन्ड म्यानेजरहरूको अनुभव कस्तो छ?
२) AUM (Assets Under Management)
- फन्डको कुल सम्पत्ति कति छ?
- धेरै AUM भएको कम्पनीको व्यवस्थापन क्षमता, बजार पहुँच र जोखिम व्यवस्थापन राम्रो हुने सम्भावना बढी हुन्छ।
३) फन्डका विभिन्न योजनाहरू
- कम्पनीले तपाईँका लक्ष्य अनुसार ग्रोथ, डिभिडेन्ड, ELSS, लार्ज क्याप, मिड क्याप आदि योजना उपलब्ध गराएको छ कि छैन?
- योजना विविधता तपाईंको आवश्यकता अनुसार मिल्नुपर्छ।
४) फन्डको खर्च अनुपात (Expense Ratio)
- खर्च अनुपात कम हुनु राम्रो हुन्छ, किनकि यो कमिशन र व्यवस्थापन खर्चलाई जनाउँछ जुन तपाईंको नाफाबाट काटिन्छ।
- एउटै प्रकारको फन्डमा कम खर्च अनुपात भएको फन्ड रोज्नुहोस्।
५) जोखिम व्यवस्थापन क्षमता
- कम्पनीले बजारमा आउने उतारचढाव र जोखिमलाई कसरी व्यवस्थापन गरेको छ?
- पुरानो गिरावटहरूमा फन्डले कस्तो प्रदर्शन गर्यो हेर्नुहोस्।
६) पारदर्शिता र रिपोर्टिङ
- कम्पनी नियमित रूपमा NAV, पोर्टफोलियो र फन्ड रिपोर्ट सार्वजनिक गर्छ कि गर्दैन?
- वेबसाइट वा मोबाइल एपबाट तपाईंले आफ्नो लगानी ट्र्याक गर्न सक्नुहुन्छ कि सक्नुहुन्न?
७) ग्राहक सेवा र सपोर्ट
- कम्पनीले लगानीकर्तालाई आवश्यक सहयोग दिन्छ कि दिँदैन?
- समस्या, फन्ड स्विच वा SIP मोडिफाइ गर्न सजिलो प्रक्रिया छ कि छैन?
८) रेटिङ र थर्ड पार्टी समीक्षा
- AMFI, CRISIL जस्ता एजेन्सीहरूले दिएको फन्ड/AMC रेटिङ हेर्नुहोस्।
- अनलाइन र वित्तीय पत्रिका र भिडियो आदिमा लगानीकर्ताको प्रतिक्रिया पढ्नुहोस्।
९) लगानीको उद्देश्यसँग मिलान
- तपाईंको लक्ष्य (रिटायरमेन्ट, बच्चाको शिक्षा, घर खरिद आदि) अनुसार ठिक छ छैन हेर्नुहोस्।
- कम्पनिले कहा कहा लगानि गर्छ बुझ्नुहोस् । (कम्पनिकै वेवसाइटमा हुन्छ)
यसरि सम्पूर्ण कुराहरु बुझेर SIP मा लगानि गर्न सकिन्छ । यदि तपाइसग लगानि गर्ने पैसा (नगद) नै वचत भैरहेको छैन भने यस्का लागि केहि सूत्रहरू लेखिएको पैसा बचाउने र बढाउने केहि उत्कृष्ट तरिका नामको पोस्ट पढ्न सक्नुहुन्छ । धन्यवाद।