साधु

साधु र म – नेपाली कथा

साधु– (एक कथा)

मेरा बा आमा आस्तिक हुनुहुन्छ वहाहरु देवता, पूजा पाठ इत्यादि गर्नमा रूचि राख्नु हुन्छ लोक परलोकको कुरा गर्नु हुन्छ । तर किन किन मलाई भने देवता, स्वर्ग, पूजा पाठ आदिमा रुचि पटक्कै छैन … म आफ्नै धुनमा रहन्छु… सोच्छु कैलेकाहि मैले के चिन्ता लिनु ? यो दुनिया जस्ले बनायो उसैले लियोस् चिन्ता …. के थाहा ? कहि उस्लाई पनि चिन्तै छैन कि ? एक बारको जुनि न हो आज हो कि भोलि सकेको खाने.. मोज गर्ने … गाजा, चुरोट, गुट्का सबै खाने.. केटि जिस्काउने… यहि त हो जिवन… (यस्तै सोच थियो मेरो)

एक दिन हाम्रो घरमा सबैजानाद्वारा गया श्राद्ध गर्न जाने कुरा भयो…। घरका सबै सदस्य जाने भए… तर म परे नास्तिक …. मलाइ जान पटक्कै मन थिएन.. तर घरका सबै परिवार जाने हुदा म एक्लै घरमा बस्न पनि मन लागेन… सबैजाना गया जाने निर्णय भयो…. ।

केहि दिनमा हामि गया तिर लागेउ… परिवारको अगाडि चुरोट तान्ने कुरा त भएन… तर तलतल लागेर भने मर्नै लागिसकेको थिए.. ।
गया पुगियो एउटा होटेलमा बसियो.. भोलि पल्ट विहान सबै जाना श्राद्ध गर्न श्राद्ध भूमि तिर लागे..
म भने कहा गएर चुरोट तानौ भनेर दाउ हेरिरहेको थिए… केहि बेरमै सबै श्राद्धका काममा व्यस्त भए तेहि मौका छोपेर म अलिक पर तिर लागे… त्याहा एउटा रुखको बुटो रहेछ.. त्यस्माथि चडेर चुरोट सल्काए… म सग अलिकति गाजा पनि थियो त्यो पनि खाए … केहि क्षणपछि एक साधु म बसेको बुटो मुनि बाट गंगास्नान गर्न गयो.. उस्ले म रुखमाथि छु भनेर देखेन..

गंगामा पुगेर साधुले कपडा फुकालेर पलेटि मारेर बसे र निकैवेर संकल्प पढे… सूर्यलाई अर्ध्य दिए… र गंगाको पानि ३ पल्ट यता उता चलाएर डुबुल्कि मारे…।
स्नान सकेर एउटा गाम्छा फेरेर म बसेको बुटो मुनिबाटै आफ्नो बाटो लाग्न खोजे…
मलाइ गाजा को मात् र आस्तिक प्रतिको घृणाले दुष्टता नगरि बस्न दिएन.. मैले रुख माथि बाट साधुको भर्खरै नुहाएको शरिरमा थुकिदिए.. साधु झसङ्ग भए… मलाई लाग्यो अब यस्ले नाटक देखाउछ अनेक प्रवचन दिन्छ अनि रिसाउदै जान्छ … र मेरो अहंकारको पुष्टि पनि यसैमा थियो… म हास्दै साधु लाई गिज्याइरहेको थिए..
साधुले म तर्फ हेरे… र मुसुक्क हासे मलाई नमस्कार गरे … र पुनः गंगा तिरै फर्किए, फेरि नुहाउन…

म छक्क परे…. साधुले पुन उहि मन्त्रोचारण गरे.. उतिनै समय लगाए अर्ध्य दिए नुहाए र फर्किए..

साधुले यसो गरेको देखेर मलाई झन धेरै रिस उठ्यो मैले फेरि थुकिदिए…
साधु फेरि मुस्कुराए र मलाई नमस्कार गरेर जय हो… भने… र पुन नदि तर्फ फर्किए.. र तेहि विधिले स्नान गरेर फर्किए….
मैले फेरि थुकिदिए… साधु फेरि नुहाए..
यो दृष्य बार बार दोहोरियो…. म थुक्थे.. साधु झन खुसि भएर मलाई नमन् गरेर फर्किन्थे मलाई झन रिस उठ्थ्यो…
फेरि उहि विधि तेहि मन्त्रहरु र तेतिनै समय लगाएर साधु फर्किन्थे…

यो दृष्य यति धेरै चोटि दोहोर्यो कि साँझ हुनै लाग्यो? मेरो मुखमा थुक सुकिसकेको थियो तर साधु नत रिसायो नत थाक्यो… ।
म रुख बाट उत्रिए साधुको चरण पक्डिए… र विलौना गाए…. र भने क्षमा महाराज… मैले तपाईलाई चिनिनछु.. म साधुलाई देखिसक्दा इनिहरु त ढोङ्गि हुन् भन्थे.. तर म गलत रहेछु … कसरि एक मानवमा यत्रो धैर्यता यत्रो क्रोध रोक्ने क्षमता हुन सक्छ ? तपाई मानव हैन तपाई पक्कै कुनै महामानव हुनुहुन्छ … ।

साधु पहिले झै पुनः मुस्कुराउै मलाई मेरो काधमा समाए उठाए र भने…
मित्र.. क्रोध त एक उर्जाहो… तिम्रो शरिरको उर्जा … जस्तो तिमि बोल्न… हिढ्न… काम गर्न सक्ने उर्जा छ तेस्तै शरिरमा भएको उर्जाको प्रयोगले तिमि क्रोध पनि गर्न सक्छौ… जसरि हातको उर्जाले तिमिले कसैलाई कुट्न पनि सक्छौ कसैको सेवा गर्न पनि सक्छौ तेसरि नै क्रोध गर्ने उर्जा… यस्ता अनावश्यक चिजमा नलगाएर.. तिमिले कुनै कामको लागि यहि उर्जा प्रयोग गरेउ भने… तिमि अधम मार्ग बाट.. सत्मार्ग तिर लाग्नेछौ…

अनि कुरा रयो आज तिमि र मेरो विच घटेको घटनाको…..
यस्का म रिसाउने मैले कुरै भेटिन… तिम्रै कारण मैले आज १०८ गंगा स्नान को अवसर पाए… तिमिले मलाई सयोग नगरेको भा म यो पुण्य बाट वन्चित रहन्थे…

म चकित भए…. कसैले आफूले आफुलाई यत्रो नियन्त्रण गर्न सक्छ?
मैले केहि प्रति प्रश्न गर्न नपाउदै साधु आफ्नो बाटो लागे …. म साधु हिडेपछि देखिन नछोडुन्जेल नमस्कार गरेर हेरको हेरै भएछु…. ।

समाप्त ।

सन्देशः जिवनको प्रतेक घटनाहरुमा केहि न केहि सकरात्मकता लुकेको हुन सक्छ … बस् हेर्ने दृष्टिकोण हुनुपर्छ.. । ———- यो कथाको लागि एउटा थम्ब्नेल फोटो कभर फोटो बनाउनुहोस् ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *