financel
investment

पैसा बचाउने र बढाउने केहि उत्कृष्ट तरिका | Saving, Loan र Investment.

introduction About Saving and investment

Financial freedom savings and investment

यदि कसैले सोच्छ कि धनि कसरि बन्ने ? के म अहिले जस्तो अवस्थामा छु तेहि अवस्थाबाट धनि बन्ने मार्गमा अगाडि बढ्न सक्छु ? महिनाको कति कमाउन सके चै धनि बन्ने मार्गमा अघि बढ्न सकिएला ? के मेरो यहि कमाइमा मैले Saving र Investment गर्न सक्छु ? के मलाइ पनि वचत र लगानि का सुत्रहरु थाहा भयो भने मेरो आर्थिक अवस्था सुद्रिन सक्छ ? यस्ता र इ सबै प्रश्नहरुको उत्तरहो — “हो सकिन्छ” यो लेखमा हामिले धन बचाउने तरिका, देखि लिएर धनि बन्ने सम्मका सुत्रहरु तपाहरुलाइ निः शुल्क उल्लेख गरिदिएका छौ यी सुत्रहरुलाइ पढेर आफ्नो जीवनमा अप्नाउनाले तपाइको सम्पूर्ण जीवन सहि दिशा तिर जानेछ ।

धन बचाउने तरिका – Ways to save money

धनि Rich बन्ने मार्गमा सबै भन्दा पहिलो कदम् भनेकै चलिरहेको आर्थिक स्थितिबाट के हामिले थोरै थोरै बचाउन सकिन्छ ? भन्ने हुन्छ । यदि तपाइले मासिक (महिनाको) थोरै मात्रै आम्दामि गर्नु हुन्छ भनेपनि आफ्नो कमाइको १० प्रतिशत वचत अनिवार्य गर्नु पर्दछ । यस् विषयमा मैले एउटा The Richest Man in Babylon भन्ने पुस्तकमा एउटा उदाहरण पढेको थिए त्यस्लाइ म यहा लेख्दैछु यस्लाइ राम्रो सँग बुझ्नुहोस् – यदि एउटा गरिब अण्डा व्यपारिले एउटा १० अण्डा आट्ने भाडोमा दिनको १० अण्डा बेच्थ्यो, र उस्ले दिनको नौ ९ अण्डा मात्रै बेचेर एक अण्डा भाडोमै राख्छ भने के हुन्छ ? उत्तरहोः- केहि दिनमै त्यो भाडो भरिन्छ (१० दिनमै भाडो भरिन्छ) तेहि भएर सानो सानो वचत ले पनि समय बितेर जादा ठुलो मुल्यको saving हातमा राखिदिन्छ । यदि एक व्यक्तिले महिनाको १० हजार मात्रै कमाउछ । तर उस्ले तलब आएको दिन १-१ हजार महिनाको बचत गर्दै जान्छ भने १० महिनामा उ सग एक चोटि आउने तलब जतिनै पैसा गोजिमा हुन्छ । एक चोटि याद गर्नुस् त ? तपाइले अहिले सम्म कमाएको पैसा कति थिए होलान् ? ति सबै पैसा कहा गए ? यदि power of saving को बारेमा तपाइले अझैपनि ख्याल गर्नु भएन भने आउदो सममा पनि तपाइको पैसा कहा गयो तपाइलाइ नै थाहा हुनेछैन ।

Saving को लागि खर्च कम् कसरि गर्ने ?

अब एउटा अचम्म को कुरा चाहि के छ भने, हामि मान्छेको स्वभाव कस्तो हुन्छ भने, हाम्रो आवश्यक खर्च सधै हाम्रो आम्दामीको स्तरमा बढिरहन्छ कहिलै पुगे जस्तो लाग्दैन । यदि मेरो आम्दामि मासिक १०,००० रुपयाँ छ भने पनि मेरो जिन्दगिको गुजारा भैरहेको हुन्छ र मेरो आम्दामि महिनाको १ लाख भए पनि मेरो जिन्दगिको गुजारा नै भैरहेको हुन्छ । यस्को मुख्य कारण के हो भने हाम्रो आम्दामि सगै हामि हाम्रो सुविधाका सामान किनिहाल्छौ – जस्तै अलिकति पैसा आयो नया कपडा, नया फोन, मोटर बाइक, कार, आदि आदि कुरा किन्न तिर लाग्छौ । कति पल्ट त हामिलाइ त्यो सामाग्रिको आवश्यक्ता नै हुदैन । जस्तै अहिलेका ठिटा युवालाई मोटरबाइक चाहिन्छ चाहे उनिहरुको काम तेस्तो भागदौड को होस् या नहोस् । यस्ता सामाग्रिले हामिलाइ पैसा कमाएर दिदैन उल्टै खर्च बढाउछ । जस्तै कि मोटरबाइक ले सर्भिस्, तेल, कर, रिपेयर आदिको खर्च बढाउछ , तेसैले Financial freedom को बाटोमा भर्खर हिन्दै गरेका ले आफ्नो सुविधाका कुरा कम् गर्ने र saving र investment तिर लाग्नु सहि हुन्छ । तर यस्को मत्लब यो विल्कुलै हैन कि तपाइ बचाउन र लगानि गर्नकैलागि च्यातिएका लुगा लगाउनुस्, भोक- भोकै बस्नुस्, दुख गर्नुस् यो विल्कुलै हैन । मेरो मत्लब हो कि जति कमाइराख्नु भएको छ त्यस्को सानो भाग चाहि आफू सँगै राख्नुस् (बचत गर्नुस्) यस्लाइ अप्नाउने एउटा राम्रो तरिका भनेको तपाइको सेलरि आउने वित्तिकै , हातमा पैसा आइसक्दा सबैभन्दा पहिला सेभिङ् गर्नुस्, १० पर्सेन्ट् छुट्याउनुस् अनि मात्रै अरु कामको बारेमा सोच्नुस् । यदि तपाइको तलब १० हजार रूपयाँ आउथ्यो भने सोच्नुस् कि म सग नौ हजार मात्रै तलब आएको हो, र तेहि अनुसार आफ्नो खर्च मेन्टेन् गर्नुहोस् । तर यदि तपाइको दैनिक, साप्ताहिक, र मासिक खर्च हेर्दा कुनै खर्च नगर्न सकिन्छ या कुनै ठाँउमा फजुल खर्च भएको थाहा पाउनु भयो भने त्यता बाट पनि जोगाएर सेभ गर्न सक्नु हुन्छ ।

यदि कसैले मलाइ एक लाइन मा Financial टिप्स दिनुस् भन्यो भने मेरो उत्तर हुनेछः– तपाइले यति कुराको रेकर्ड राख्नुस् कि पैसा कहाबाट आउदैछ अनि कहा जादैछ ? यदि तपाइलाई यत्तिकुरा थाहा हुन्छ भने नब्बे प्रतिशत तपाइका समस्याहरु हराउने छन् , उल्झन्हरु कम् हुनेछन् दिमाग् खुल्नेछ र सहि दिशामा अघि वढ्नुहुनेछ ।

Loan (debt) रिण कसरि तिर्ने ?

जसरि मैले माथि पैसा बचाउने र कसरि खर्च कम् गर्ने भन्ने कुराहरुमा चर्चागरे त्यहि अनुसार पैसा जोगाउने र रिण तिर्ने गर्नु पर्दछ । रिण तिर्ने फर्मुला भनेको यदि तपाइको ३-४ या अनेक ठाउमा लोन छ भने पहिला ज्यादा व्याजदर भएको रिण सक्नु पर्दछ । जस्तै यदि म सित २ वटा रिण छन् एक ठाउबाट मैले २४% व्याजदरले रिण लिएको छु र अर्को ठाउमा १६% ले भने – सुरुमा १६% व्याजदरमा रिण लिएको ठाउमा या व्यक्तिलाइ मेरो (अमुक) समस्या ले गर्दा मैले अलिक समय यस्को किस्ता तिर्न नसक्ने भए भनेर थुम्थुम्याएर सुरुमा २४% यानि २ रूपया व्याजदरको रिण सुरुमा सक्छु । यसरि रिण तिर्ता तपाइ ज्यादा ब्याज तिर्न बाट जोग्गिन सक्नु हुन्छ ।

र जब सम्म रिण सकिदैन म बचतमा ज्यादा ध्यान दिने छुइन किनकि उता मेरो रिणको व्याजले गर्दा अझै रिण बढिरहेको हुन्छ तेसैले बचतको खासै मुल्य नहुन पनि सक्छ ।

ऋण लिनेले सदा मनमा राख्नु पर्ने केहि कुराहरूः

  • ऋण भनेको बोझ हो , किनकि यस्ले कमाउदा कमाउदा गरेर दुख गरेर ल्याएको पैसाले रमाउन दिदैन महिना भर मेहेनत गर्यो अनि पैसा ल्याएर फ्याट्ट अरुको हातमा राखिदिनु पर्छ सम्झिनुस् त कति खिन्न लाग्ने कुरा हो ? त्यसैले सदा छिटो भन्दा छिटो रिण तिरि सकेर स्वतन्त्र हुनु पर्दछ ।
  • रिणले इज्जत सँग जिउन दिदैन कर्जा दिनेले सदा तपाइलाई हिन् भावना ले गरिव भएको दृष्टिले हेर्दछ ।
  • loan ले ज्यादतर सम्बन्ध खराब गर्छ तेसैले रिण लिएपछि बेला-बेला कर्जादिने व्यक्तिलाइ फोन गरेर या भेटेर आफ्नो परिस्थितिको बारेमा बताउदै गर्नु पर्दछ । र तपाइको केहि समय अझै धेरै व्याज बढ्ने भयो है कमाइ या धन बढ्ने भयो भनेर जिस्किनु (बोल्नु) पर्छ ।
  • लोन दिनेले आफ्नो रगत पसिना को पैसा मलाइ विश्वास गरेर दिएको छ भन्नेकुरा कहिलै भुल्न हुदैन ।
  • के मैले त्यति नै पैसा कसैलाइ उपहार को रुपमा कसैलाइ दिन सक्छु ? यदि सक्दिन भने कर्जा दिनेले मलाइ कति धेरै सम्मान र विश्वासका साथमा मलाइ यत्रो रकम दिएको छ भन्ने कुरा कहिलै भुल्न हुदैन र समयमा कर्जा तिर्नु पर्छ ।
  • मान्छेको जिवनको टुङ्गो हुदैन कहिले मेरो मृत्युहुन्छ भन्न सकिदैन त्यसैले आफुले लिएको रिणको बारेमा आफ्ना सन्तान र आफ्तलाइ सुनाउनु पर्छ र यो रिण तिरि नसकि मलाइ शान्ति मिल्ने छैन भन्नु पर्छ ताकि केहि भएमा आफन्तले भा पनि ऋण चुक्ता गरुन् कसैलो पसिनाको दुर्गन्ध परलोक सम्म नजाओस् ।

लगानी या Investment का केहि तरिका हरू

आजको समयमा लगानि गर्नका लागि अनेक तरिका र साधनहरु उपलब्ध छन् – यदि हामिले वैंकमै पैसा राख्छौ भने पनि केहि ब्याज त मिल्छ तर यसरि राकेको पैसाको व्याजदर बजारको महङ्गि भन्दा कम् हुन्छ तेसैले आज तपाइले १ लाख बैंक मा राख्नु भयो भने त्यो १ लाखको भ्याल्यु अर्को बर्ष आजको जति हुदैन… जे कुरा आज १ लाखमा आउथ्यो त्यो अर्को बर्ष नआउन सक्छ तेसैले यसरि राखेको पैसा बढ्ने हैने घट्दै जान्छ ।

यदि तपाइले सहकारि इत्यादिमा राख्नु भयो भने अलिक ज्यादा ब्याजदर मिल्न सक्छ तर सहकारि कस्तो हो त्यो कति बर्ष देखि मार्केटमा टिकेको छ ? त्यस्को वार्षिक आय व्यय कस्तो छ कतिको भरपर्दो हो भनेर सदा बुझ्नु पर्दछ ।

यस्तै हामिले sip मा पनि invest गर्न सक्छौ sip को मत्लब हुन्छ Systematic Investment Plan. यो काम हामिले बैक खाता र डिमेट् खाता छ भने घरै बसेर पनि गर्न सक्छौ नेपालमा अहिले धेरै कम्पनिहरु र बैंक हरुले यो सुविधा दिएका हुन्छन् तर यस्मा भने १-२ बर्षको लागि नभएर लामो समयको लागि लगानि गर्नु पर्दछ तब मात्रै हामिलाइ अधिक लाभ हुन्छ । यो तरिका मा तपाइले एउटा कम्पनि को वेवसाइट मा गएर फम् भर्नु पर्छ र त्यो स्विकृत् भएपछि महिनै पिछे एउटा फिक्स अमाउन्ट १००० देखि माथि जति तपाइले सेट् गर्नु हुन्छ लगानि गर्दै जानु पर्दछ – यो लगानि गरेको पैलाले चल्दै गरेको भाउ Nav अनुसारको कित्ता खरिद् हुन्छ र तपाइको एकाउन्ट मा आउछ र यसै अनुसार तपाइको कित्ताको भाउ बढ्दा पैसा बढ्छ र कित्ताको nav घड्दा पैसा घट्ने गर्छ । य कतिपय बैंकले समय समयमा बोनस पनि दिने गर्छ जस्का कारण तपाइलाइ लामो समयमा धेरै फाइदा हुन पुग्छ ।

एकप्रकारले हेर्नेहो भने यो सुन किनेर राखे जस्तै हो सुनको भाउ बढे पैसा बढ्छ तेस्तै unit को भाउ बढ्यो भने पैसा बढ्छ ।

अर्को तरिका भनेको सेयर मा लगानि गर्नु हो यस्को लागि बैंक खाता, डिमेट् खाता र ब्रोकर आइडि को आवश्यकता पर्छ र इ खाता तपाइले बैंकमा गएर बनाउन सक्नु हुन्छ ।

तेस्तै हामिले रियल् स्टेट् यानि घर जग्गामा पनि इन्भेट् गर्न सक्छौ यो निकै राम्रो तरिका हो समयसगै जनसंख्या बढ्ने गर्छ र जमिन कम् पर्दै जान्छ तेसैले यदि अहिले विकास कम् भएको तर भविष्यमा भारि विकाशको सम्भावना बोकेको ठाँउमा लगानि गर्न सक्दा करोडौको नाफामा पुग्न सकिन्छ । तर यो तरिका को लगानिमा तपाइलाइ लाखौ बचत चाहिन्छ ।

यदि तपाई विद्यार्थि या कमाइ नै नहुने अवस्थामा हुनुहुन्छ र मासिक १ हजार पनि लगानि गर्न सक्नु हुन्न भने आफ्ना पैसा आफै मा लगानि गर्न सक्नु हुन्छ मत्लब केहि महिनाको बचतले कुनै कोर्स किन्न, राम्रो राम्रो पुस्तक किनेर पढ्न आदि आदि कुरामा खर्च गर्नु भयो भने भविष्यमा तपाइको ज्ञान पनि एक धेरै रिटन् दिने लगानि बन्दछ ।

जहा ब्याज बढ्छ र ब्याज पाकेपछि तपाइको ब्याज र सावाँ कै ब्याज पाक्छ – जस्तै कि मैले १००० रुपयाँ ब्याजमा लगाएँ र एक महिनामा मेरो व्याज पाकेर १० रुपया बढ्छ भने मेरो कुल रकम् १ हजार १० रुपयाँ भयो अब फेरि अर्को महिना १ हजारको मात्रै ब्याज नआएर १ हजार १० हजारकै ब्याज आउछ भने यस्लाइ कम्पाउन्डिङ् भनिन्छ यसरि केहि समय पछि कति छिटो तपाइ करोडपति बन्नुभयो पत्तै हुदैन ।

तपाइले ५० हजार ३ महिनाको लागि ब्याजमा लगाउनु भयो र त्यो पैसा फिर्ता आएपछ तेहि सावाँ र ब्याज नै पुन ब्याजमा लगाउन पनि सक्नु हुन्छ अथवा अझै १-२ हजार जति सकिन्छ थपेर रकम् ठिक तयार गरेर ब्याजमा लगाउन पनि सक्नु हुन्छ यसरि पनि sip सिस्टम् जस्तै गरि पैसा थप गर्दै ब्याजमा राख्न सकिन्छ ।

Protect your wealth and saving धनको रक्षा

बचतमा धनहुनेहरुका लागि आँखा अगाडि यो गरौ, त्यो गरौ भन्ने अनेक प्रलोभन आउने गर्छन् । अलिकति बचत भैसक्दा खर्च गरौ कि यो किनौ कि त्यो किनौ कि जस्तो लाग्न सक्छ यस्बाट बच्नुहोस् । र लगानिको लागि यहा सम्म कि तपाइको पैसा ६ महिना मा डबल हुन्छ तपाइको पैसा एति समय मै बढ्छ जस्ता लगानि का स्प्याम् (ठगि) का ब्यक्तिहरुले प्रलोभन देखाउने पनि गर्छन् । तर तपाइले के बुझ्नु आवश्यक छ भने लगानि गरेपछि विरुवा उम्रिनु, जाग्नु , बोट हुनु र फल्नु मा समय अवश्य लाग्छ तेसैले स्पष्ट नभै यस्ता ठगिमा पर्नु हुदैन ।

लगानिको पहिलो सिद्धान्त हो – “मूल धन अथवा सावाँको सुरक्षा ।” लगानि अवश्य फिर्ता आउछ भन्ने कुरामा विश्वास भएपछि मात्र लगानि गर्ने बानि बसाउनुहोस् । यदि ब्यक्तिगत ऋण दिने होभने ऋण लिने ब्यक्तिको तिर्ने सामर्थ्य छ कि छैन ? ऋण तिर्न सक्ने उस्को केहि पुजि या काम छ कि छैन ? या ऋण तिर्ने खाल्को मनसाय भएको ब्यक्ति हो हैन ? उस्को पुराना ब्यवहारहरु कस्तो छ जान्नु पर्दछ । होइन भने थाहै नपाइ तपाइले आफ्नो मेहेनतको कमाइ उपहारको रुपमा बाढ्दै हिन्नुहुनेछ ।

धेरै आत्मविश्वासि भएर कसैलाइ ऋण नदिनुहोस् । यस्ता कुरामा आफ्नो सम्पर्कमा कोहि विज्ञ छन् भने सल्लाह लिनुहोस् जस्ले यस्तो कारोबार लामो समय देखि गरिरहेको छ । सकेसम्म ऋण दिदा केहि प्रमाणिक कागज अवश्य गर्नुहोस् । यदि तेसो गर्न सकिएन भने आज भोलि त मोबाइलको जमाना छ जस्मा रेकर्डिङ् गरेर बसेर सल्लाह र कैले फिर्ता गर्छु भनेको छ कति प्रतिसत ब्याजदर आदि आदि कुरा रेकर्ड गर्नुहोस् ।

धन्यवाद ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *